नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी पाँच वर्षसम्म कायम रहनुपर्ने बताएका छन् ।उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि पाँच वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए ।उनले सङ्गठन सुदृढीकरण गर्न सकेको भए निर्वाचनमा कांग्रेसले अझ बढी सिट जित्न सक्थ्यो भन्दै सङ्गठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।