काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को काठमाडौं जिल्ला सेक्रेटरीमा गोकुल पराजुली निर्वाचित भएका छन् ।शनिबार सम्पन्न काठमाडौ जिल्लाको प्रथम भेलाले पराजुलीको नेतृत्वमा ३१ सदस्य जिल्ला समिती निर्वाचित गरेको हो ।उक्त भेलामा नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आथित्यवमा सम्पन्न भएको थियो ।
त्यस्तै अन्य अथितीहरुमा पार्टीका बाग्मती प्रदेश इन्चार्ज लाल बहादुर बिसी ‘सार्दुल’, काठमाडौं जिल्ला इन्चार्ज रक्तिम, पार्टीका युवा नेता मिलन राई, अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।उक्त पार्टीले माघ ४ देखी १० सम्म काठमाडौं हुने पार्टीको नवौं महाधिवेशनको तयारीको लागी देशैभर जिल्ला सम्मेलन र भेलाहरु गरिरहेको छ ।