आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीसंग लिएको शुल्क बारे क्याम्पसका विद्यार्थी संगठनले प्रेस विज्ञप्ती जारी गरेका छन् । विद्यार्थीहरुलाई शुल्क नबुझाउदा जरिवाना लिएको भन्दै विद्यार्थी संगठनले सोमबार प्रेस विज्ञप्ती क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई बुझाएका हुन् ।

सो शुल्क बिरुद्धमा अखिल समाजवादी विद्यार्थी संगठन, नेपाल विद्यार्थी संगठन,अनेरास्ववियु विद्यार्थी संगठन,अनेरास्ववियु आदिकवि भानुभक्त इकाई कमिटी रअखिल क्रान्तिकारी विद्यार्थी संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेको अखिल समाजवादी विद्यार्थी संगठनका अध्यक्ष विशाल रुचालले जनाकारी दिनुभयो ।

सो विज्ञप्तीमा शिक्षा निःशुल्क भन्ने नारा रहेपनि विद्यार्थीले शुल्क तिर्दै आएको र कतिपयका पारिवारिक समस्याका कारण समयमा बुझाउन नसक्दा जरिवानाको व्यवस्था गर्ने निर्णय खेदजनक रहेको उल्लेख गरिएको रुचालले बताउनुभयो । उहँका अनुसार क्यापसले लघुबित्त र सहकारीले जस्तो नियम लागू गरेको छ ।