राष्ट्रिय दलित आयोगका सदस्य माननिय सुन्दर पुर्कुटीले दलितको अधिकार दलितले पाउन नसकेको बताउनुभएको छ । शनिबार तनहुँ तरङ्ग मिडियाको सहकार्यमा गरिएको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । दलित हक अधिकार संविधानमा लेखिएको भएपनि पूर्ण रुपमा कार्यन्वायन नहुदा दलित वर्गमाथि ठुलो अन्याय भएको उहाँको भनाई छ ।पहिलाको तुलनामा हाल भेदभावका घटना कम सुनेपनि अप्रत्यक्ष भेदभाव भोगेको आम मानिसको भनाईले समाज र मानव बिचार कुरितितर्फ लम्किएकोले यसलाई चिर्न जरुरी रहेको उहाँले बताउनुभयो । छुवाछुत तथा जातिय भेदभाव अन्त्यका लागि आयोगले सकेको पहलकदमी गरेको छ उहाँले भन्नुभयो ।

-राष्ट्रिय दलित आयोगका सदस्य सचिव सुन्दर पुर्कुटीलाई मायाँको चिनो प्रदान गदै तनहुँ तरङ्ग टिम-

कार्यक्रममा दलित हक हित र अधिकार, अबका कार्यदिशा र तनहुँका दलितको अवस्था लगाएतको विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा तनहुँ तरङ्ग मिडियाका सल्लाहकार एवं दलित अधिकारकर्मि विनोद कुमार वि क(बिकाश) व्यास नगरपालिका कार्यपालिका सदस्य रन सिंङ नेपाली , दलित अभियान्ता दिपक खाती, दलित अभियान्ता सिताराम सुर्खाली , तनहुँ तरङ्ग मिडियाका प्रधान सम्पादक सुरेश सेन्चुरी, समाजसेवी भिम बहादुर वि क , सामाजिक अभियन्त सुरेश पुर्कोटी लगाएतले तनहुँका दलितको अवस्था र चुनौतीको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

राष्ट्रिय दलित आयोगका सदस्य सचिव माननीय सुन्दर पुर्कुटीको आगामी कार्यक्रम योजना निम्नअनुसार छन् ।

१) मङ्सिर ०२ गते आयोग वार्षिक प्रतिवेदन ०८०र८१ को गण्डकी प्रदेश प्रमुखलाई पेस (बिहान ९ देखि १ बजेसम्म )

२) स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिकाको कार्यालयमा अनुगमन तथा छलफल( दिउँसो १ देखि ३ बजेसम्म )

३) मिति २०८१ मङ्सिर ०३ गते पाल्पा जिल्ला ( प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख र दलित अगुवा सहित जिल्ला प्रशासन कार्यालयमा छलफल ( बिहान १ देखि १२ बजेसम्म )

४) तानसेन नगरपालिकाको कार्यालयमा अनुगमन तथा छलफल (दिउँसो १ देखि ३ बजेसम्म )

५) मिती २०८१ मङ्सिर ०४ गते गुल्मी जिल्ला प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख र दलित अगुवा सहित जिल्ला प्रशासन कार्यालयमा छलफल ( बिहान १० देखि १२ बजेसम्म )

६) रेसुङ्गा नगरपालिकाको कार्यालयमा अनुगमन तथा छलफल( दिउँसो १ देखि ३ बजेसम्म )

७) मिति २०८१ मङ्सिर ०५ गते अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिकाको कार्यालयमा अनुगमन तथा छलफल( बिहान १० देखि १२ बजेसम्म )

८) प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख र दलित अगुवा सहित जिल्ला प्रशासन कार्यालयमा छलफल( बिहान २ देखि ४ बजेसम्म)

९) मिति २०८१ मङ्सिर ०६ गते कपिलवस्तु जिल्ला (बाणगंगा नगरपालिकाको कार्यालयमा अनुगमन तथा छलफल (बिहान १० देखि १२ बजेसम्म )

१०) कपिलवस्तु जिल्ला (प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र दलित अगुवा सहित जिल्ला प्रशासन कार्यालयमा छलफल( बिहान १ देखि ३ बजेसम्म )

११) मिति २०८१ मङ्सिर ०७ गते रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाको कार्यालयमा अनुगमन तथा छलफल (बिहान १०ः३० देखि १२ः३० बजेसम्म )

१२) प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख र दलित अगुवा सहित जिल्ला प्रशासन कार्यालयमा छलफल (दिउँसो १ः३० देखि ३ः३० बजेसम्म)

१३) मिति मङ्सिर ०८ गते नुवाकोट जिल्लाका दलित अगुवाहरुसंग भेटघाट (दिउँसो १ः३० देखि ३ः३० बजेसम्म ) र ९ गते काठमाडौ प्रस्थान हुने कार्यक्रम रहेको उहाँको सचिवलयले जनाकारी दिएको छ ।