तनहुँको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका श्रेष्ठ एमालेका रामबहादुर गुरुङसँग प्रतिस्पर्धी रहेका थिए । श्रेष्ठले १५ हजार ३६३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिस्पर्धी रहेका गुरुङले ११ हजार १४५ मत प्राप्त गरेका थिए। श्रेष्ठले चार हजार २१८ मतले निर्वाचित भएका हुन् ।