प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाए संगै तेस्रो स्थानमा रहेको छ । अहिलेसम्म पाएको मतलाई कुल सदर मत अनुपात मानेर हिसाब निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीको १५.५ प्रतिशत मत भएको छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत पाएको छ । मत अनुपात निकाल्दा एमालेले ३२.१५ प्रतिशत र कांग्रेसको २९.७३ प्रतिशत मत छ । तेस्तै माओवादी केन्द्रको १४.५८ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब ८ प्रतिशत मत पाएको छ । अहिलेसम्म समानुपातिकतर्फ १० लाख ५ हजार बढी मतगणना भएको छ ।