तनहुँ क्षेत्र नं २ को प्रदेश (१) मा एमालेका उम्मेदवार श्यामराजा महतले गण्डकी प्रदेश सभामा निर्वाचित भएका छन् । महतले १५ हजार ६४३ मत प्रप्त गरेका थिए भने गठबन्धनका राजेन्द्रकेशरी न्यौपानेले १३ हजार ८८१ मत प्रप्त गरेका थिए । महतले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई १ हजार ७६६ मतान्तरले पराजित गर्दै महत निर्वाचित भएका हुन् ।