तनहुँ क्षेत्र नम्बर २ बाट शंकर भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । भण्डारीले ३० हजार ६०४ र गुरुङले २५ हजार १३० मत पाएको तनहुँ क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिएका छन् । उनले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई ५ हजार ४७४ मत अन्तरले हराएका थिए । भण्डारी पूर्व वनमन्त्री समेत रहेका थिए ।