प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र नं.१ मा हालसम्म १९ वटा वडाको मत गणना गरी सकिएको छ । जसमा व्यास न.पा.वडा नं १,३,७,९,१० र वडा नं १४ को मत गणना गरी सकिएको छ । त्यस्तै भानु न.पा. वडा नं १,२,३,४,५,७,८,९ र १० को एउटा केन्द्र गणना गरी सकिएको छ । त्यस्तै देवघाट गा.पा.वडा नं ३ र ५ , बन्दिपुर गा.पा वडा नं १ , आबुखैरेनी गा.पा वडा नं ३ र ५ को गणना गरिसकेको छ । त्यस्तै व्यास ४ देवघाट गा.पा वडा नं २ , बन्दिपुर गा.पा वडा नं २ , आबुखैरेनी गा.पा वडा नं १ र भानु न.पा वडा नं ७ को हाल मत गणना भइरहेको निर्वाचन आयोग तनहुँका कम्प्युटर अप्रेटर ज्ञानेन्द्र मरहठ्ठाले जानकारी दिनुभयो ।