चुनाब जिते निःशुल्क एम्बुलेन्स,निःशुल्क उपचार र निःशुल्क शिक्षा गराउन पहल गर्नेछु : राजु गाेतामे सुरेश सुनार तनहुँ तरङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तनहुँ क्षेत्र नं १ ख का प्रदेश सभा सदस्य पदका उम्मेदवार राजु गाेतामेले आफुले चुनाब जिते निःशुल्क एम्बुलेन्स,वृद्धा बुबाआमालाई निःशुल्क उपचार र १२ कक्षा सम्म निःशुल्क शिक्षा गराउन पहल गर्ने बताउनुभएकाे छ । भ्रष्टाचार गरेर खानु आमाकाे रगत खानुसरह हाे भन्ने मुल नारा बाेकेर,बरु नष्ट हुन्छु तर भ्रष्ट हुँदिन भन्ने प्रतिबद्धता गर्दै बृद्धहरुलाई ससम्मान विश्राम दिएर युवा वर्गले नेतृत्व गरी तनहुँ काे विकास र प्रवर्द्धनमा लाग्ने उद्देश्यका साथ राजनितीमा प्रबेश गर्नुभएका गाेतामेले जिल्लाको विभिन्न स्थानमा मतदातासंग भोट माग्दै हिडेकाे अबस्थामा साे कुरा बताउनुभएकाे हाे ।
उहाँले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, निःशुल्क एम्बुलेन्स जस्ता अत्यावश्यक कुराहरु राज्यले निशुल्क गर्नुपर्ने दाईत्व भएकाे भन्दै अफुले जित हासिल गरे अत्यावश्यक कुराहरु निशुल्क गर्न पहल गर्ने बताउनुभयाे । कार्यक्रममा बाेल्दै उहाले युवालाई रोजगारी दिन्छु भनेर गफ लगाउदैमा सबैकाे हातमा जागिर नहुने र काम गर्नकाेलागि पैला सिपमा दक्ष हुनपर्ने भएकाले सर्बप्रथम युवालाई सिपमुलक तालिमकाे अबश्यकता रहेकाे र हातमा सीप भए कुनैपनि ब्याक्ति भाेकाे बस्न नपर्ने भएकाले युवालाई शिपमुलक शिक्षा र तालिमकाे आबश्यकता रहेकाे बताउनुभयाे । गाेतामेले अफुले जिते धार्मिक , संकृतिक , पर्यटन, वृद्धा , अपाङ्ग अशक्त र महिलाको हक हितकाेलागि काम गर्ने प्रतिबद्धता ब्याक्त गर्नुभएकाे छ ।