यही मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार अशोक कुमार श्रेष्ठ आफ्नो पक्षमा मत आउनेमा विश्वासत रहेको बताएका छन् । घरदैलोको क्रममा मतदाताले उनी बाहेक अरु नरोज्ने भनी आस्वासन दिएपछी मत आफ्नो पक्षमा आउने भन्दै उनी विश्वासत भएको बताएका छन् ।

प्रदेश सभा सदस्यमा आफुले बाजी मार्ने दावी श्रेष्ठले गरेका छन । घर दैलो गर्दा मतदाताहरुबाट निकै उत्साह मिलेकाले जित मेरै पोल्टामा आउछ श्रेष्ठले भने । कांग्रेसमा लामो समय सक्रिय राजनीति गरेका सालिन व्यक्तित्व श्रेष्ठलाई चुनाव जिताउन मतदाताहरु आतुर समेत देखिएको उनी निकट कार्यकर्ताहरु बताउछन । विकास प्रेमी युवा नेताका रुपमा परिचित श्रेष्ठलाई जिताए सो प्रदेशमा विकासमा कायापलट हुने विश्वास धेरैको छ ।