कैची चुनाव चिन्नका उम्मेदवार बरिष्ठ नेता गोविन्द राज जोशीले केहि गर्न नसक्ने व्यत्तिले जागिर खानको लागि संसद बन्न नहुने बताउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य , यातयात , राष्ट्रिय बिकासका योजना धार्मिक एवं पर्यटकीय योजना ठुला देखी स–साना योजना सम्म पनि तनहुँमा भित्रिन नसकेको , भएका योजना पनि काम सम्पन्न नभएको र सम्पन्न भएका काम पनि गुणस्तर हिन भएकाले काम गर्न नसक्ने व्यत्तिले जागिर खान संसद बन्न नहुने बताउनुभएको छ ।

उहाले तनहुँ जिल्लाको विभिन्न ठाँउमा भएको घरदैलो अभियानमा उत्त कुरा बताउनु भएको हो । अब तनहुँ जिल्लाले खोजेको र समृद्ध तनहुँ बन्ने एक मात्र बिकल्प भनेको कैची चुनाव चिन्ह रहेको बताउनुभएको छ । आफुले जिते कुनै पनि मतदातालाई मत दिएकोमा पछुताउन नपर्ने गरी काम गर्ने बताउनुभयो । जोशीले आफुले चुनाब जितेर जिल्लालाई रोजगारमुलक, डिजिटल, समृद्ध जिल्ला बनाउने चाहाना रहेको बताउनुभएको छ ।