नेकपा एमालेबाट तनहुँ क्षेत्र नं १ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामबहादुर गुरुङ्गले आफुले बिगतमा गरेको कामको मुल्याङ गरेरा जनताले आफुलाई भोट दिनेमा बिशवास्त रहेको बताउनुभएको छ । जिल्लाको विभिन्न स्थानमा मतदातासंग भोट माग्दै हिडेका उम्मेदवार गुरुङ्गले आफुले बिगतमा गरेको कामको मुल्याङ जनताले गरेको भन्दै आफ्नो पक्षमा मत खस्ने माहौल बनेकोले जीत सुनिश्चित भएको बताउनु भएको हो ।
विसं ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट आफुलाई अत्याधिक मत दिएर बिजयी गराएको बताउँदै उम्मेदवार गुरुङ्गले गत बर्षको निर्वाचनमा भन्दा अझ बढी मत ल्याएर जित्ने बताउनुभयो । यस क्षेत्रको विकासमा आफु तल्लिन भएर लागेको र निरन्तर जनताको साथमा रहेकोले पुन ः एक पटक आफुलाई बिजयी गराउने आश्वसन जनताबाट पाएको गुरुङ्गले बताउनुभयो ।
उहाँले बिभिन्न गौरवका आयोजना मस्र्याङ्दी नदी लिफ्ट खानेपानी, पोखरीछाप सडक मार्ग, मोटरेवल पुल निर्माण,मिर्लुङ्गकोट, तनहुँसुरलाई पर्यटकीयस्थलको पहल, डुम्रे बेशीसहर खण्ड, होमस्टे, एक घर एक धारा, आधुनिक कृषि प्रणाली, औद्योगिक क्षेत्र निर्माण लगायतका विकास निर्माण गरेको र केही योजना पूरा नभएकोले पूरा गर्न र नयाँ योजना ल्याएर जिल्लाको बिकाश गर्नको लागि पुनः एकपटक आफुलाई भोट दिन आग्रह गर्नुभएको छ ।