राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार बिनोद कुमार घर्तीले नैतिक रुपमा जीत हासिल गरिसकेको बताएका छन् । युवा उम्मेदवार घर्ती भ्रष्टचार गरेर खानु,आमाको रगत खानु सरह हो भन्ने मूल नाराका साथ यतिबेला आफ्ना कार्यकर्ताहरुसँग मतदाताको घरदैलो अभियानमा तीब्रता दिदै आएका छन् । मतदाताको घरदैलोमा पुग्दा बुद्धा मतदाताले आफ्नो हातमा ढोगेर जित पाक्का हुने बताएका छन् । मतदाताहरु घर्तीलाई उम्मेदवारको रुपमा पाँउदा उत्साहित भएको कुरा समेत व्यतm गरेका छन् । हामी जुन क्षेत्रमा गयौं,त्यस क्षेत्रका जनताले राप्रपालाई खोजेर बसेको पायौं,उनले भने अंक गणितीय हिसाबले परिणाम जस्तो आएपनि नैतिक रुपमा बिजयी भैसकेका छौ । उम्मेदवार घर्तीले हिजो व्यासनगरपालिकामा घरदैलो अभियानलाई तीब्रता दिदै आएको बताए ।