विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउन चाहेको तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले बताएका छन् । अगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु मतदाताको घरदैलो अभियानलाई तीब्रता दिदै आएका छन् । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी पनि एक हुन् ।

चुनाव चिन्न कैची लिएर स्वतन्त्र उम्मेदवार दिएका गोविन्दराज जोशी व्यास नगरपालिका र अन्य विभिन्न स्थानमा मतदातासँग भेटघाट गरेका छन् । विकाशका लागि आफुले भेदभाव नगर्ने जुनसुकै आस्थामा पनि मतदाताको दुःखमा साथ दिन पछि नहट्ने बताएका छन् । मतदाताले पनि नेता जोशीले जस्तो विकास लहर तनहुँमा कसैले पनि ल्याउन नसकेको बताएका छन् । जोेशीले तनहुँको समृद्धि ,विकाश गर्ने र युवाहरुलाई रोजगारी दिएर समृद्ध तनहुँ बनाउने सपना रहेको बताए ।


जोशी समुहले कात्तिक ३० गते चुनावी सभा गर्ने भएको छ । सोही दिन दश स्थानमा कोण सभा गर्ने भएको छ । सोही दिन विहान ८ बजे डुम्रे बजार, विहान ९ बजे तुरतुरे, बिहान १० बजे बाइसजागर, विहान १०ः३० बजे कालीमाटी, बिहान ११ः३० बजे मानेचौका, दिउँसो १ बजे समिको फेद, २ः३० बजे बर्लाची, ३ बजे मगर जौबारी, ४ बजे पात्तल र ५ बजे कलेस्तीमा कार्यक्रम हुने जोशीको प्रचार प्रसार सचिवालय सचिव कमलभक्त पोख्रेलले जानकारी दिए ।