अगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु मतदाताको घरदैलो अभियानलाई तीब्रता दिदै आएका छन् । तनहुँ क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार युवा व्यवसायी बिष्णु पराजुली लौरो चिन्हबाट धरानका मेयर हर्क साम्पाङको शैलीमा मतदाताका पुगेर भोट माग्न व्यस्त भएका छन् । जिल्लाका म्याग्दे, शुक्लागण्डकी भीमाद नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर भोट माग्न थालेका छन् । पराजुली राष्ट्रिय झण्डा ओढेर देशको विकास गर्न आफु एक्लै मतदाताको घर आँगनमा पुगेर बुढा बा आमा देख्ने बित्तिकै ढोग गरेर आर्शिबाद लिन आफुलाई भोट दिएर बिजयी गराउन आग्रह समेत गरेका छन् ।अहिलेको सन्दर्भमा हेर्न हो भनी देशैभर स्वतन्त्रको माहोल बनिरहेकोे देखिन्छ ।