कात्तिक २५, तनहुँ | आगामी मंसिरको ४ गते हुने प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनमा तनहुँका एक सय ४२ मतदानस्थलको तीन सय पाँच मतदान केन्द्र मध्ये ६ वटा मतदान स्थल अन्तर्गत रहेको मतदान केन्द्रहरु सुरक्षाको दृष्टिकोणले अति संवेदनशील रहेको पाइएको छ । जिल्ला प्रशानसन कार्यालयले तयार पारेको सुरक्षा योजनाअनुसार सुरक्षाको दृष्टिकोणले यस जिल्लामा ५२ मतदान स्थल संवेदशील रहेका छन् भने बाँकी रहेका ८४ मतदान स्थल सामान्य रहकेको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिनुभयो ।

जिल्लामा विभिन्न मतदान स्थलहरु भौगोगिक रुपमा विकट तथा समयमै थप सुरक्षाकर्मी पुग्न नसक्ने र यस अघिका निर्वाचनामा भएको घटनाहरुका आधारमा ति मतदान स्थलहरुलाई अतिसंवेदनशिलको सुचिमा राखिएको तनहुँका प्रमुख जिल्ला धिकारी विश्वराज अर्यालले जानकारी दिनुभयो । उहाँले कुनै राजनितीक दलको बर्चश्व रहेको क्षेत्र लाई समेत संवेदनशिल मतदान स्थल मानेर सुरक्षा योजना तयार पारिएको बताउनुभयो । अर्यालले मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा निर्माण गरेर भयरहित, स्वतन्त्र तरिकाले मतदान गराउने सुरक्षा निकायले योजना बनाएको बताउनुभयो । । मतदानकेन्द्रको पहिलो सुरक्षा घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी तथा तेस्रो घेरामा नेपाली सेना रहने छन्। साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।‘मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ”, अर्यालले भन्नुभयो, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।’ जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन सय पाँच मतदान केन्द्रमा ३०५ जना मतदान अधिकृत र तीन सय पाँच जना सहायक मतदान अधिकृत सहित तीन हजार ६६० जना कर्मचारी खटिदै छन् ।

यस्तै निर्वाचन सुरक्षाका लागि तनहुँमा १ हजार ३९२ म्यादी प्रहरी भर्ना भएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । जिल्लामा दुई लाख ४४ हजार ३ सय ४० जना मतदाता रहेका छन् । जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २ सय ६ महिला मतदाता रहेका छन् । एक लाख चार हजार ३ सय २७ महिला र ९० हजार १ सय ४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।