तनहुँ उद्योगी व्यवसायीले दमौलीमा शान्तिपूर्ण विरोध ¥याली सहित ज्ञापनपत्र बुझाएका छन् । विहिबार दमौलीमा शान्तिपुर्ण ¥याली सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।व्यवसायीले तनहुँ उद्योग वाणिज्यको प्राङ्गण देखि जिल्ला प्रशासन कार्यालय सम्म शान्तिपूर्ण विरोध ¥याली गरेका थिए । व्यवसायीहरुले व्याजदर चर्को भो गरी खाना गाह्रो भो, ब्याजदरमा स्थिरता कायम गर,मनपरी प्रिमियम बन्द गर,उद्योग व्यवसाय नचले अर्थतन्त्र बाच्दैन ,उच्च सेवा शुल्क खारेज गर जस्ता नारा सहित पम्प्लेट बोकेका ¥याली गरेका थिए।

व्यवसायीहरुले ७ बुदेँ माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैैकलाई ज्ञापनपत्र समेत बुझाएका छन् । व्यवसायहरु आफ्ना समस्या र पीडा व्यक्त गर्दा महासंघ गम्भिर हुन नसकेपछि विरोध सहित ज्ञापनपत्र बुझाएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।