मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नमुना मतदान कार्यक्रम सम्पन भएको छ । आज दमौली स्थित खुल्ला चौरमा नमुना मतदान कार्यक्रम गरिएको थियो । निर्वाचनमा मत बदर हुन नदिन नमुना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताएका छन् । जिल्लाकै ८५ वटै वडामा १ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी वडास्तरबाटै मतदान शिक्षा पनि दिइरहेका छौं ढकालले बताए।
उक्त मतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्रप्रकाश अर्याल, जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकाल,व्यास नगरपालिका प्रशाकीय अधिकृत हरिराम नगिला , व्यास नगरपालिका सरकरी कर्मजारी, व्यास नगरपालिका वडा नं २ का अध्याक्ष काशीराम श्रेब्ठ,तनहुँ प्रत्रकार महासंगका अध्याक्ष उज्वल पौडेल लगाएत अन्य प्रत्रकारको उपस्थिति समेत रहेको थियो ।