मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ का लागि नमुना मतदान कार्यक्रम हुने भएको छ । कार्तिक २३ बुधबार दमौली स्थित खुल्ला चौरमा नमुना मतदान कार्यक्रम गरिने भएको हो । उक्त नमुना मतदान कार्यक्रम दिउसो १ बजेबाट शुरु हुने बताइएको छ । निर्वाचनमा मत बदर हुन नदिन नमुना मतदान कार्यक्रम गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताएका छन् । निर्वाचन आयोगबाट स्वीकृत मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ को दफा १५ बमोजिम नमुना मतदान कार्यक्रम गर्न लागेको व्यास नगरपालिकाका शिक्षा अधिकृत नविन पराजुलीले जनाकारी दिएका छन् । उक्त मतदान कार्यक्रममा सहभागी हुन सम्पूर्ण मतदाता एवं सम्बन्धित सरोकारवाला व्यक्ति र निकायहरुलाई उपस्थितिका लागि आग्रह समेत गरिएको छ।