तनहुँको विभिन्न ठाँउमा चोरीको क्रम बढ्दै गएको छ । सोमबार व्यास नपा ५ सागे बरबोटेबाट १६ लाख मूल्य बराबरको नगद र सुनका गरगहना चोरी भएको छ । बलराम श्रेष्ठको घरबाट उक्त नगद र गरगहना चोरी भएको हो। दिउसोको समयमा घरमा कोही नभएको मौका पारी श्रेष्ठको घरमा पसि बाकस र दराज भित्र रहेको नगद र गरगहना चोरी गरी फरार भएको छन्। स्थानीय आनीबानी थाहा भएको व्यक्ति चोरी कार्यमा संलग्न हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यसै बिच केही दिन अघि मात्र चापाघाटमा समेत केही व्यक्तिहरुको घरबाट सुनका गरगहना र नगद सहित चोरी भएको थियो । सुन्ताला बच्ने क्रममा न्युरोडबाट व्यास नपा १३ की गंगामाया थापाको घाँटीबाट पनि दुई तोलाको सिक्री चोरी भएको थियो । चोरीमा समंलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।