मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा निर्वाचन गतिविधि कार्यक्रम गर्न थालेको छ । आईताबार दमौलीमा भएको निर्वाचनमा सञ्चार माध्यमको भुमिका विषयको अभिमुखीकरण कार्यक्रम सम्पन भएको छ । मुख्य निर्वाचन अधिकृत बल बहादुर के सीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई सम्पन गर्न मिडियाको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । उतm कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल ,जिल्ला निर्वाचन प्रमुख हरि प्रसाद ढकाल, सुरक्षा प्रमुख , पत्रकार महासंग तनहुँका अध्याक्ष लगायत अन्य २० जना पत्रकारको उपस्थित रहेको थियो ।