ऋषिङ्ग गाउँपालिका वडा नं १ झापुटारमा १ महिना भित्र रु २० लाख भन्दा बढिको ३ वटा निर्माण तथा मर्मतको काम सम्पन्न भएको छ । यहि भदौ महिनामा सम्झौता गरेका तिन कार्यहरु असोभित्र नै सम्पन्न भएको ऋिषिङ्ग गाउँपालिका
वडा नं १ का अध्यक्ष कुश बहादुर थापाले जानकारी दिनुभयो । यही मिति २०७९ भदौ १० गते सम्झौता भएको तल्लो झापु नाला ढलान निर्माण कार्य यही असोज १० गते सम्पन्न भएको थियो । उत्तm नाला २१ मिटर र ढलान ५० मिटर रहेको थापाले बताउनुभयो ।

tanahun taranga news

सो नाला निर्माण र ढलान कार्य रु १० लाखको लगानीमा सम्पन भएको थियो । त्यस्तै एक महिना भित्र मोटरमार्ग मर्मत कार्य पनि सम्पन्न भएको छ । सुन्दरडाँडा ग्याजा हुदै सुडे मोटरमार्ग पनि १ महिना भित्र सम्पन्न भएको हो । ९ सय २५ मिटरदुरीको सडक मर्मत गर्दा रु ५ लाख विनियोजन गरिएको र काम सम्पन्न भुक्तानी दिई सकेको अधयक्ष थापाले बताउनुभयो ।

त्यस्तै तनहँ हाइड्रोपावर र वडा नं १ को आर्थिक सहयोगमा मोटर मार्ग सरसफाई कार्य सम्पन्न भएको छ । ४४ मिटरको
चालिसे काहुँ झापुटार मोटरमार्ग सरसफाई कार्य यहि मिति २०७९ असोज १ गते शुरु भई यहि असोज ९ गते सम्पन्न भएको
ऋिषिङ्ग गाउँपालिका वडा नं १ का इन्जिनियर अखिल सुवेदीले जानकारी दिनुभयो ।

उक्त कार्यमा रु १ लाख वडा नं १ बाट र रु ४ लाख हाइड्रोपावरको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । त्यस्तै बर्षका कारण पहिरोले पुरिएर १ हप्ता सम्म बन्द भएको खानेपानीको मुहान स्थानिय बासिन्दा र ऋषिङ्ग गाउँपालिका वडा नं १ को सहयोगमा हाल सञ्चालनमा आएको ऋषिङ्ग गाउँपालिका वडा नं १ ले जानकारी दिएको छ ।