दमौली :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिआँबुखैरेनीमा आउने भएका छन् । उनी पार्टीले राखेको चियापान,अन्तरक्रिया तथा छलफलमा सहभागी हुन लागि भोलि शनिवार आँबुखैरेनीमा आउन लागेका हुन् । आँबुखैरेनीमा आयोजन कार्यक्रमलाई सम्बोधन गर्न भोलि बिहान ८ बजे सभापति लामिछानेले आउने भएको राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विकास सिग्देलले जानकारी दिए ।

आँबुखैरेनीका भोलि साथसाथै उनले तनहुँको बन्दीपुर र गोरखामा हुने कार्यक्रममा समेत सहभागी हुने गर्ने कार्यक्रम रहेको सभापति सिग्देलले बताए । उनले दमौलीमा भने पर्सि शनिवार आउने कार्यक्रम रहेको  राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले जनाएको छ  । तनहुँ क्षेत्र -१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीका जिल्लाका सभापति विकास सिग्देल र तनहुँ – २ मा विजय जोशीको उम्मेदवार रहेको छन् ।