मंसिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी गोविन्दराज जोशीले चुनावी प्रचारप्रसार कार्यालय स्थापना गरेका छन् । बिहिवार व्यास – २ स्थित बालमन्दिर लाइनमा चुनावी प्रचारप्रसार कार्यालय स्थापना गरिएको थियो । कार्यालयको पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार गोविन्दा जोशीले उद्घाटन गर्दै राजनिति गलत बाटोमा लागेकाले आफुले उम्मेदवारी दिएको बताएका छन् । तनहुँमा धेरै विकाश गर्न बाकीँ रहेको र आफुले जिते विकाशको कार्यलाई अघि बढ्ने बताए । आफुप्रति अरु पार्टीले गलत प्रचार गरेको समेत बताएका छन् । उतm कायैक्रममा वरिष्ठ अधिवक्ता परशुराम गिरी, कमलभक्त पोख्रेल,रेशम बहादुर गुरुङ ,सुकुम गुरुङ लगायतका वक्ताहरुले बोलेको थियो ।