म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले उत्पादन र कृषिमा विशेष जोड दिएको बताएका छन् । उत्पादन विना पालिका समृद्ध नहुने हुँदा कृषि र उत्पादनले मात्र विकास निर्माणको ढोका खोलिने वहाँको भनाई थियो । सो कुरा पालिकाले आयोजना गरेको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् ।
पालिकाले जनजीविकाका सवालमा विशेष काम गरेको भएता पनि विपक्षीले विरोध मात्र गरेको वहाँको भनाई थियो ।
सकारात्मक कर्म नदेख्ने तर विरोधका नाममा मात्र फगत विरोध गरिरहने प्रवृत्तिले कही पनि नपुगिने हुदाँ रचनात्मक सहयोग सवैले गरेमा मात्र पालिका समृद्ध वन्ने श्रेष्ठले दावी गरे । मैले लामो समयदेखि समाज रुपान्तरण र विकासमा काम गरेको हुदाँ कुनै पनि अनैतिक अवान्छनिय र अर्मादित गतिविधी नगर्ने श्रेष्ठले वताए । जनताको यथार्थ स्वरुप आफुले भोगेको हुदाँ जनताको सर्वोपरि विकास र समृद्ध वाहेक अन्य केही पनि सोच छैन, श्रेष्ठले भने । भष्ट्राचारमा शुन्य सहनशीलता अपनाएको हुदाँ कुनै पनि आर्थिक अनुचित आफुलाई क्षम्य नहुने समेत अध्यक्ष श्रेष्ठले बताए ।
पालिकाको प्रशासकीय भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा आम सेवाग्राही जनताले पालिकाले गरेको काम कारवाहीको वारेमा प्रश्न राखेका थिए । पालिका जनमैत्री नभएको, विकास निर्माण आवश्यकताको आधारमा नभई विभेद गरेको, पहुँचका भरमा काम गरेको जस्तो विषयमा जनताले जनप्रतिनिधीसँग जवाफ माग गरेका थिए । पालिकाले गरेको काम कारवाहीलाई आम जनतामा पुग्ने गरि प्रचार गर्नुपर्ने, जनताको उल्लेख्य सहभागितामा सार्वजनिक कार्यक्रम गर्नुपर्ने र जनताले महशुश गर्ने गरि पालिकाले काम नगरेको सेवाग्राहीको प्रश्न रहेको थियो । त्यसैगरि पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिका तथा सरकार सवै जनताको भएको हुदाँ सवैभन्दा पहिलो सेवा गरिव तथा दिनदुखिको लागी दिनुपर्ने बताए ।
एकातर्फ उनीहरुको पहुँच नपुग्ने र सेवा लिन सम्म नसक्ने जनता पहिलो प्राथमिकीकरणमा पर्नुपर्दछ । सेवा लिने ले पाईरहने र नपाउने ले नपाउदाँ सर्वसाधरणको सरकार नवन्ने हुदाँ समतामुलक विकासमा जोड दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सेवाग्राहीको समस्यामा आफु सदैव क्रियाशिल भएको बताए । जनताको सेवाका लागी वसेको कर्मचारी जनताप्रति उत्तरदायी हुनुपर्ने वहाँको भनाई रहेको थियो । जनताको सेवाका लागी एकीकृत घुम्ति शिविर, मृगौला परिक्षण, पाठेघरको परिक्षण लगायतका विभिन्न कार्यक्रम गरेको हुदाँ भोलिका दिनमा आम जनताको आवश्यकताका आधारमा पालिका अगाडी वढ्ने अधिकारीले बताए ।