तनहुँ सुनचाँदी व्यवसायी संघले तीन व्यक्तित्व सम्मानित
तनहुँ सुनचाँदी व्यवसायी संघले तीनव्यक्तिलाई सम्मानित गरेको छ । शनिबार दमौलीमा भएको उतm कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे बिक,प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल र प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रबाबु रेग्मीलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । जिल्लामा शान्ति सुरक्षा क्षेत्रमा योगदान पु¥याएको कदर गर्दै सम्मान गरेको तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद बिक विकासले जानकारी दिएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तनहुँ सुनचाँदी व्यवासायी संघका अध्यक्ष बिनोद कुमार बिक लगायतले सम्मान गरेका हुन् । उतm संस्थामा जिल्लाभरीका १६८ जना व्यवसायीहरु आबद्व रहेको छन् ।