,
असोज ८ तनहुँ
श्रीकण्टार चापाघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितीको २२ औ वार्षिक साधारण सभा एवं दशौ अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्ष वलभद्र खनालको अध्यक्षतामा भएको अधिवेशनमा व्यास–५, का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी विष्णुकुमार श्रेष्ठ हिमालले खानेपानी हरेक व्यक्तिको न्युनतम आवश्यकता भएको हुदाँ यसको व्यवस्थापन र शुद्धतामा ध्यान दिन आग्रह गरे । जीवनसँग जोडिएको विषयमा हामी सवै एकतावद्ध भई यसको व्यवस्थापनमा जोड दिनुपर्दछ । खानेपानी दैनिक जिवनसँग प्रत्यक्ष जोडिएको विषय भएको हुदाँ अव यसको गुणस्तरमा ध्यान दिनुपर्दछ, वडा कार्यलय खानेपानीको व्यवस्थापन र वितरणमा सधै तत्पर रहेको छ । वडाध्यक्ष श्रेष्ठले वताउनुभयो । यसैगरि संस्थाको अध्यक्ष वलभद्र खनालले आफनो कार्यकालमा खानेपानीको विस्तार, यसको व्यवस्थान, टंकी निर्माण, मर्मत सम्भार र योजनामा सवैको सहयोगले सफल भएको वताए ।

प्रदेश तथा संघिय वजेटको निकाशामा सवैको पहलले सम्भव भएको हुँदा अवको दिनमा खानेपानीको सेवा झन वढोत्तरी हुने समेत विश्वास व्यक्त गरे । कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका अध्यक्ष वुद्धिमान श्रेष्ठ, लेखा संयोजक रविचन्द्र खनाल, सल्लाहकार श्रीभद्र खनाल, सुरक्षा समिती संयोजक पदम कुमार श्रेष्ठ लगायतले धारणा राखेको थिए भने कार्यक्रमको संचालन सचिव सन्त कुमार श्रेष्ठले गरेका थिए । यसैगरि दशौ अधिवेशनवाट अध्यक्षमा सर्वसम्मत रुपमा मानध्वज थापा चयन भएका छन् भने उपाध्यक्षमा वेतवहादुर राना, सचिवमा सन्त कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सहसचिवमा सुमित्रा थापा चयन भएका छन् । यसैगरि सदस्यहरुमा पदम कुमार श्रेष्ठ, कल्पना शाही, डिलमाया थापा, रोशन खनाल लाई चयन गरेको छ । त्यस्तै गरि लेखा समितीको संयोजकमा रविचन्द्र आचार्य र सदस्यहरुमा संगिता गुरुङ्ग र शुशिल वाग्ले चयन भएका छन् भने सुरक्षा समितीमा रामकुमार श्रेष्ठको संयोजकत्वमा नरवहादुर थापा, भद्र वहादुर शाही, खिम वहादुर आले, वम वहादुर सारु र वालकुमारी रानालाई चयन गरेको छ ।