जिल्ला प्रशासन कार्यलय तनहुँले चाडपर्वलाइ लक्षित गर्दे थप अनुगमनमा कडाई गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बुधवार बसेको बैठकले बजार अनुगमनलाइ प्रभावकारी बनाउने निर्णय गरेको हो । चाडपर्वमा अत्यावश्यक सुपथ मूल्यमा पसल सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुगमन तीव्रता दिने भएको हो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरे ,व्यास नगरपालिकाका प्रशासकीय अधिकृत हरिराम नागिला,खाद्य तथा गुटनियन्त्रण कार्यलय दमौलीका प्रमुख प्रशान्त पोख्रेल, प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी,सशस्त्र प्रहरी बल भानुका प्रहरी उपरीक्षक सुर्य बहादुर आचार्य,भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी लगायत अन्य संघसस्थाबाट उपस्थित रहेको थियो