तनहुँ क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार दिन लाग्नुभएका विष्णु पराजुलीले सारङ्गी र तेस्रो लिङ्गगीलाई लिएर चुवाब प्रचारमा हिड्ने बताउनु भएको छ । बुधाबार दमौलीमा पत्रकार सम्मेलन गर्दै पराजुलीले स्वतन्त्रबाट उम्मेद्वार दिने घोषणा गरेसंगै चुनाब प्रचार शैली नयाँ तरिकाले गर्न लागेको बताउनुभएको हो ।

उहाँले गन्दर्भ र तेस्रो लिङ्गगीहरुलाई सम्रक्षण र सम्मान गर्न , सामाजिक सदभाबना जगाउनको लागि तेस्रो लिङ्गगीलाई लिएर चुनाब प्रचारमा हिड्ने बताउनुभयो ।

tanahun taranga news

बा आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने ! स्वातन्त्र सरकार र्निमाण गरौँ ! भ्रष्टहरुलाई बिदाई गरौँ ! भन्नने मुल नारासहित स्वातन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियानबाट पराजुलीले तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वार दिन लागेको बताउनुभएको छ ।

आफुले जिते बालेन्द्र शाह र हर्क साम्पाङले गरेजस्तै जनमुखी काम गर्ने उहाँको भनाइ छ ।पराजुलीले आफ्ना ५२ बुद्धे प्रतिबद्दता समेत सो पत्रकार सम्मेलनमा सार्वजनिक गरेका गर्नुभएको थियो ।