जेसिआइ व्यास नगरको बर्ष २०२४को प्रथम साधारण सभा शनिवार व्यास–४ कृष्णपुर स्थित सचिवालयमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवीन पुरीको अध्यक्षतामा सम्पन्न साधारण सभाले जेसिआइ व्यास नगरको नयाँ सदस्यताका लागि आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । शनिबार देखि चैत २५ गते ५ बजेसम्म आवेदन दिन सकिने अध्यक्ष पुरीले जानकारी दिए । संस्थाको सदस्य बन्ने योग्यता पुरा भएका महिला तथा पुरुष सबैले आवेदन दिन सकिने बताइएको छ । आवेदन दिनका लागि १८ वर्ष पुुरा भई ४० वर्ष नकटेको तथा कुनै पनि फौजदारी अभियोग नलागेको हुनुपर्ने छ ।


सदस्यता दिन इच्छुकले संस्थाको सचिवालय, भोर्लेटार स्थित एबिसि मिनि मार्ट, भेटघाट चोक स्थित गिरी इमपपेक्स, प्रशासन चोक स्थित साझा स्टेशनरी, एन्जिला हार्डवेयरबाट आवेदन फारम लिन सक्ने बताइएको छ । आवेदन दिएका प्रस्तावित सदस्य छनोटको पुर्ण अधिकार वर्ष २०२४को कार्यसमितिमा निहित हुने पुरीले बताए । साधारण सभाले संस्थाको भवन मर्मत तथा निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै सभाले एरिया बि कन्फरेन्स बिडिङ २०२५ होस्ट गर्न प्रास्ताव लैजाने निर्णय पनि गरेको अध्यक्षले जानकारी दिए ।

सभामा संस्थाका पुर्व अध्यक्षहरु नविन श्रेष्ठ, सुरेश पुरी, माधव न्यौपाने, रमेश गिरी, भरतकुमार श्रेष्ठ , कृष्ण सुनार लगायतले बोलेका थिए । सोही अवसरमा महासचिव सनम अधिकारी तथा कोषाध्यक्ष सोम बहादुर नेपालीले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गरिएको थियो । कार्यक्रममा कार्यकारी उपाध्यक्ष अनुप दाहालले स्वागत गरेका थिए भने जेसिसको आस्था र राष्ट्रिय गानको अगुवाई सुरजकुमार गुप्ताले गरेका थिए