तनहुँँ ,असोज ३
नेपाली काँग्रेसकी महासमिति सदस्य एवम् नेपाल महिला संघकी केन्द्रीय सदस्य चिनु पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन क्षेत्र नम्बर १(क) मा प्रत्यक्षतर्फ पार्टिले टिकट उपलब्ध गराएमा अत्याधिक मतले विजयी हुने कुरा बताएकी छिन् । उनी काँग्रेसको व्रित्तभित्र वहस ,सम्वादहरु गर्नसक्ने आँटिली र जोशिली युवा नेतामा पर्छिन् । उनलाई तनहुँँ जिल्लाको क्षेत्र नम्बर १ मा जनताको सुख दुःखमा साथ दिने, व्यक्तिगत तथा सामाजिक समस्याहरुमा घरदैलो गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने नेताको रुपमा चिनिन्छ ।

स्पष्ट बोल्ने नेत्रीको बानीले गर्दा आम जनताहरुले प्रत्यक्षमा टिकट लिएर आएमा हामीहरु चिनुको झोला बोकेर हिंड्न पाएको दिनमा पार्टीले संघमा र टिकट लिएर आउने जुनासुकै व्यक्तिलाई पनि धेरै सहज हुने कुरा बताउछन् । चिनु पोखरेल एक साहसी महिला हुन् ,उनको विचार हरेक क्षेत्रमा प्रभाव पार्ने खलको हुन्छ । जस्तै सामाजिक विकास, आर्थिक विकास ,शैक्षिक विकास,कृषिमा परिवर्तन ,पर्यटकीय क्षेत्रको विकासका साथसाथै उद्योग्धन्दा खोली आफ्नो क्षेत्रका जनतालाई सामान्यभन्दा सामान्य समस्याबाट सुधार गर्दै अगाडि बढाउन सक्ने क्षमता जो कोहीले पनि अनुमान गर्न नसकिने कुरा निर्वाचन क्षेत्रका जनताले बताइरहेका हुन्छन् ।


मृदुभाषी नेत्रीसँग जेष्ठ् नागरिकदेखि लिएर युवा र बालबालिकाहरुसम्म पनि परिचित छन् । उनले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय देखिन्छ । उनले नेपाल रेडक्रस सोसाइटीमा लामो समयदेखि सेवा गर्दै आएकी छिन् । उनी रेडक्रसको जिल्ला सदस्यमा एक कार्यकाल र हाल मन्त्री समेत रहेर मानवीय कार्यहरु गर्दै आइरहेकी छिन् ।

आफ्नो विचार स्पष्ट पार्ने ,जनताको मन जित्नसक्ने ,जनजनको मुखमा चिनु चिनु भन्ने जनबोली राख्नसक्ने उनको गुण नै काँग्रेसको जितको लागि सहज बन्ने कुरा कार्यकर्ताहरु बताउँछन् । विकासको लागि महिला र पुरुषको उत्तिकै हात रहेको र हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक पर्ने भएकोले टिकट बितरणमा पार्टीले उनको योगदानको उचित मूल्याङ्कन गर्नेछ भन्ने कुरामा तनहुँँका जनता आशावादी रहेका देखिन्छन् ।