व्यास नगरपालिका कार्यालयले अव्यवस्थित रुपमा पार्किङ गर्ने बसलाई व्यवस्थित गर्न बसपार्क निर्माण अघि बढाएपनि अझै सार्थकता पाउन सकेको छैन् । जथाभावी बस पार्किङ गरिदाँ बजार क्षेत्र कुरुप बन्दै गएपछि त्यसलाई व्यवस्थित गर्न दमौलीमा बसपार्क निर्माण कार्य अघि बढाएपनि बसपार्क प्रयोग बिहीन जस्तो बन्न पुगेको छ । व्यास नगरपालिका कार्यालय मार्फत संघीय सरकारको भ्याट बाहेक रु.तीन करोड त्रिपन्न लाख अन्ठानब्बे हजार एक सय तीनको लागतमा बसपार्क निर्माण कार्य थालिएको हो ।
विसं ०७५ जेठ २३ गते सम्झौता गरी म्याद थप सहित विसं २०७८ चैत्र ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएपनि हालसम्म करिब ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको तथ्याङकले देखाएको छ । उक्त बसपार्कको कान्छाराम कन्स्ट्रक्सन प्रलि काठमाण्डौले निर्माणको जिम्मा पाएको थियो । पैतिस वटा बस पार्किङ गर्न सकिने क्षमताको बसपार्क निर्माणमा हालसम्म रु.एक करोड उन्नसत्तरी लाख अठासी हजार छ सय एकानब्बे भुक्तानी गरिसकेको संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका सूचना अधिकारी इन्जिनियर कृष्ण गिरीले जानकारी दिए ।
व्यास नगरपालिका कार्यालयले जुन उद्देश्यले बसपार्क संचालनमा ल्याएपनि त्यसले निरन्तरता पाउन नसकेको सरोकारवालाको गुनासो रहेको छ । दमौली हुदै पोखरा र जिल्लाका अन्य ग्रामीण सडक खण्डमा गुड्ने यात्रुबाहक बसलाई मध्यनजर गर्दै व्यास नगरपालिका–१ कराङकाठमा बसपार्क निर्माण थालिएको हो । गतबर्ष बुल्दी खोलामा आएको बाढीले बसपार्क डुवानमा परेपछि व्यास नगरपालिकाको सहयोगमा बुल्दी किनार साइडमा वाल लगाएर सुरक्षित गर्ने कार्य गरेको थियो ।
दमौली बजार देखि बसपार्कसम्म जाने सडक साँघुरो, जीण,दुर्घटनाको सम्भावना रहनुका साथै बसपार्क क्षेत्रमा चोरीडकैतीका घट्न बढ्न थालेपछि यातायात व्यवसायीद्धारा संचालित बसहरु बसपार्कमा पार्किङ नगरी जथाभावी रुपमा पार्किङ गर्न थालिएको बताइएको छ । बसपार्क क्षेत्रको सुरक्षाको लागि सिसी क्यामेरा जडान,चौकीदारको व्यवस्था गर्ने लगायतका सम्झौता भएपनि कार्यन्वयन नभएपछि बसपार्क सुनसान बन्ने गरेको स्थानीय यातायातका कर्मचारीहरु बताउँछन् । व्यास नगरपालिकाले जुन उयद्देश्यले बसपार्क निर्माणको अवधारण अघि सारेको थियो सो अनुरुप हुन नसक्दा बालुवाको पानी सरह बन्न पुगेको आभास दमौलीबासीले गर्न थालेका छन् । बसपार्क निर्माण कार्य थालिएको झण्डै साढे तीन बर्ष बितिसक्दा पनि अझै पूर्ण रुपमा कार्यन्वयनमा आउन सकेको छै्न् ।
बसपार्क संचालनका लागि व्यास नगरपालिका कार्यालयले पहिलो बर्ष टेण्डर प्रक्रिया अघि बढाएपनि कुनैपनि कम्पनीले टेण्डर दरखास्त नदिएपछि व्यक्तिलाई भाडा सम्झौतामा दिइएको व्यास नगरपालिकाका लेखाशाखा अधिकृत बिमल गिरीले जानकारी दिनुभयो । व्यास नगरपालिका कार्यालयले बसन्त गिरीलाई मंसिर महिना देखि असार मसान्त सम्म सञ्चालनको लागि सम्झौता गरि बसपार्क जिम्मा दिएको थियो । आठ महिनाको लागि रु.दुई लाख तीन हजार बुझाउने शर्तमा सम्झौता भएको गिरीले बताउनुभयो ।
पहिलाको स्मझौता अबदि सकिएपछी दोस्रो पटक पनि कुनैपनि संस्थाबाट टेण्डर नपरेपछि पुर्ण दोहो¥याएर टेण्डर आव्हान गरिएको नगरपालिका कार्यालयले जनाएको छ । तेश्रो पटक पुन ः यहि भदौ २३ गते ३ लाख ३० हजार रुपैयामा टेण्डर खुल्ला गरिएकोमा आरिगा एण्ड आर एन कन्ट्रक्सनले आबेदन दिएको छ । उक्त कम्पनीले टेण्डरको लागि आवेदन दिएपनि हालसम्म पालिकासंग कुनै सम्झौता भएको छैन् । उहाँले भन्नुभयो सम्झौता गर्नको लागि पालिकाले पत्र पठाइसकेको छ ।
बसपार्कको दुराबस्था ः
दमौलीमा निर्माणधीन बसपार्क व्यवस्थित गर्न जुनसुकै व्यक्ति वा संंस्थाले टेन्डर लिएर काम गरेपनि बसपार्कको दृण अवस्थामा रहेको छ । जिल्लामा संचालितत श्राी स्थाानिय यातायात प्रा.लि, पृथ्वी राजमार्ग बस सञ्चालन समिति , व्यासभूमि यातयातका बस सञ्चालनमा रहेपनि स्थाानिय यातायातको बस केही बाहेक अधिकाँश बस बसपार्कमा पार्किङ नगर्ने गरेका छन् ।
उक्त तीन यातयात समितिबाट संचालित बस राख्न मिल्ने गरी बसपार्क गरिएपनि हाल स्थानिय यातयातका दैनिक करिब ३ देखि १० वटा बस .जाने र अन्य दुई यातयात समितिका बस बसपार्क नजाने गरेको बसपार्कमा खटिएका नगर प्रहरी डमर बहादुर श्रेष्ठले जानकारी दिए ।
बसपार्कमा बस पार्किङ नगरी मुख्य राजमार्ग तथा विभिन्न व्यक्ति वा पसलको अघि बस पार्क गर्दा फोहोर हुनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।
बसपार्कमा नगरप्रहरी खटाइए पनि केही काम नहुँदा सुतेरै दिन बिताउने गरेको खुल्न आएको छ । बसपार्कका दिनमा २ वटा देखि करिब १० वटा सम्म बसहरु जाने गरेको बताइएको छ ।
ठुला तथा साना सवारीसाधनहरु किन बसपार्कमा जादैन्न भनि प्रश्न गर्दा बसपार्क जाने बाटो साँघुरो,भत्किएर जोखिम बनेको र बसपार्कमा सुरक्षाको व्यवस्था नहुँदा बसका सामान चोरी हुने गरेकोले बसपार्कमा बस पार्किङ नगराएको एक चालकले बताउनुभयो । स्वच्छ,समृद्ध र हराभर व्यास नगरपालिका निर्माणको लागि व्यवस्थित बसपार्क निर्माण कार्यलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने व्यास नगरपालिकाको मुख्य दायित्व हुन आउँछ ।