तनहुँमा आजदेखि म्यादी प्रहरी आवेदन सुरु भएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सुरक्षा व्यावस्था थप कडाइको लागि म्यादी प्रहरी आवेदन खुल्ला गरीएको हो । जिल्लामा भदौ ३० गते बाट असोज ६ गतेसम्म भर्ना लिन सकिने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने छन् । आवेदन दिनको लागि आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र,नेपाली नागरिकता र ६ वटा फोटो साथमा ल्याउनु पर्ने छ । कुनै पनि राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, स्वास्थ्य अबस्था राम्रो भएकोले दरखास्त दिन पाउने सूचनामा उल्लेख गरिएकोे छ ।