भदौ २६ तनहुँ
नेकपा एकिकृत समाजवादी पार्टी (एस) निटक विद्यार्थीहरुको भेलाले तनहुँमा शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) गठन गरेको छ । दमौलीमा सम्पन्न भएको भेलाले सुसन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा राहुल नेपाली सचिवमा समिता बिक, उपसचिवमा आदर्श श्रेष्ठ र कोषाध्यक्षमा सुनिता थापा चयन भएका छन् ।
दमौली स्थित रहेको एकदेव आले स्मृति भवनमा सम्पन्न भेलालाई सम्बोधन गर्दै नेकपा एस तनहुँका अध्यक्ष श्रीराम कार्कीले विद्यार्थीहरुलाई निरंकुशता र प्रतिगमन विरुद्धको एकजुट हुन निर्देशन दिए । उनले देशको विरुद्ध सरकार सञ्चालकले उठाएको कमदमा जागरुक भएर लाग्नुपर्ने बताउदै लोकतान्त्रिक गणतन्त्र र जनजादी समाजवादी शिक्षा प्रणालीका पक्षधर बन्न विद्यार्थीहरुलाई आग्रह गरे ।
भेलामा नेकपा एस तनहुँकी उपाध्यक्ष मनुमाया श्रेष्ठ, सचिव दुर्गाकुमार श्रेष्ठ, उपसचिव गजिन्द पन्थ, सचिवालय सदस्य रनसिंह नेपाली, लगायतले पार्टीको आधारस्तम्भ विद्यार्थीहरु भएको बताए । उनीहरुले पार्टीले अंगिकार गरेको मुद्धामा सहयोग बन्नुपर्नेमा जोड दिएका थिए । किरण नेपालीको अध्यक्षतामा भएको भेला मार्फत अनेरास्ववियुको ईकाईलाई जिल्ला भर विस्तार गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।