दिगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति प्रकाश पन्थले देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा आफ्नो जोड रहने बताएका छन् । बिहीवार सिंहदरबारमा दिगो विकास तथा सुशासन समितिको सभापतिको पद तथा गोपनीयताको शपथग्रहण गरेपछि दिगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति प्रकाश पन्थले देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा आफ्नो जोड रहने बताएका छन् । बिहीवार सिंहदरबारमा दिगो विकास तथा सुशासन समितिको सभापतिको पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राज्यका निकाय र सबै सरोकारवालालाई प्रशासन नभइ सुशासन र प्रशासक नभइ सुशासन बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ समितिबाट सामुहिक रुपमा कोशिस गर्ने पनि बताए ।समिति सभापति पन्थले समितिका सदस्य र सचिवालयको सहकार्यमा सरोकारवालाहरुसँग छलफल गर्ने र समितिको उद्देश्यअनुरुप अघि बढाउने कोशिस रहने बताए । उनले नेपालले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने उद्देश्य राखेकाले सोही अनुरुप समितिमा आफ्नो काम अघि बढ्ने बताए । समिति सभापति पन्थले विकाससँगै सुशासन र सेवा प्रवाहमा चासो दिइ समितिका काम कारबाही हुने बताए ।
बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीले शपथ लिएका थिए ।