तनहुँ २२ भदौ
आँबुखैरेनीबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा रुपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नं २२ निवासी २२बर्षीय नरेन्द्र प्रसाद बरुण रहेको प्रहरीले जनाएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वीराजमार्गमा रहेको चेकपोष्टमा सुनौलीबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ३७५ नम्बको बसमा चेकजाँच गर्ने क्रममा बरुणलाई पक्राउ गरेको हो । निजले बोकी ल्याएको कालो झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा नुफिन ३१४ एम्पुल, डाईजेपाम ३१५ एम्पुल र फेनरागन ३१५ एम्पुल गरी जम्मा ९४४ एम्पुल लागुऔषध बरामद गरेको हो । निजलाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा ११ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।