तनहँु २१ भदौ
व्यास नगरपालिका २ गणेशमानचोकमा रहेको दमौली ट्रेड सेन्टर हटाउन टोलवासीले माग गरेका छन् । मंगलबार जिल्ला समन्वय समितिको नाउँमा रहेका ट्रेड सेन्टर हटाउनुपर्ने माग गर्दै समन्वयका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाएका हुन् । वाग्लेले ट्रेड सेन्टरको सम्झौता २०८० असार मसन्तामा स्वत जिल्ला समन्वयको मातहतमा हुने र पुन सम्झौता पनि नगर्ने आश्वासन दिदै सम्झौता सकिए पछि छलफलबाट प्रक्रिया अगाडी बढाउने बताएका छन् । उनले सधै टोलवासीको साथमा रहेको बताए । उतm कार्यक्रममा व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठ, वडा सदस्य सुरेश वाग्ले, विभिन्न टोल विकास सस्थाका अध्यक्षहरु लगाएत वडावासीहरुको सहभागी रहेका थिए ।