तनहुँ १९ भदौ
स्व सौगात ओझाको पुण्य स्मृतिमा व्यास नगरपालिका ५ स्थित दिवाकालिन जेष्ठ नागरिक आश्रमकालाई छाता प्रदान गरेका छन । क्यानडा निवासी जगन्नाथ ओझा तथा उर्मिला ओझाले जेष्ठ नागरिकलाई छाता प्रदान गरेको हो । दश हजार वरावरको ३२ थान छाता प्रदान गरिएको दिवाकालिन जेष्ठ नागरिक आश्रमका कार्यबाहक अध्यक्ष विष्णु गौतमले जानकारी दिएका छन् । स्व बाबुका काका पुष्प ओझा र काकी शर्मिला ओझा तथा हरिशरण पण्डितद्धारा उक्त संस्थालाई हस्तान्तरण गरिएको हो ।
