भदौ १७ तनहुँ
पत्रकार अमरराज नहर्की प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा सम्मानित भएका छन् । व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयमा परिषदले तनहुँको दमौलीमा सञ्चालन गरेको तीन दिने बालसस्कार कार्यक्रमको समापनको अवसरमा नहर्की सम्मान भएका हुन्। उतm कार्यक्रममा निमित प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, परिषदका केन्द्रीय उपाध्यक्ष पुष्पराज खतिवाडा, परिषदका संगठन विभागका सह सचिव रमेश कँडेल सयुक्त रुपमा दोसल्ला ओडाई सम्मान गरेका थिए। उनले नेपाल पत्रकार महासंघ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखनवृत्ति पुस्कार लगायत दजर्नौ पुरस्कार तथा मान सम्मान पाई सकेका छन् । पत्रकार नहर्की नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष समेत रहेका छन् ।