तनहुँ १३ भदौ
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी तनहुँ जिल्ला कमिटीको अध्यक्षमा श्रीराम कार्कीलाई चयन भएका छन् । शुक्रबार आयोजित कार्यक्रममा कमिटी गठन गरेको हो। तनहुँ जिल्ला कमिटीको उपाध्यक्ष मनुमाया श्रेष्ठ, थमन आले, सचिवमा दुर्गा कुमार श्रेष्ठ,उपसचिवमा ऋषिराम पन्त, गजिन्द्रराज पन्थ, नर बहादुर रानाभाट सहित ११५ सदस्यीय जिल्ला कमिटी पुन ः गठन गरेको छ । तनहुँ क्षेत्र न १ मा प्रतापलाल श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ किसान, कलिला खान, सिताराम घले परियार, बिष्णु बहादुर खड्का रहेका छन् । तनहुँ क्षेत्र नं १ को प्रदेशमा क्रमस बिद्या ढकाल, लाल बहादुर श्रेष्ठ, रामकला पौडेल, कल्पना नेपाली रहेकी छन् ।
तनहुँ क्षेत्र नं १ मा मनुमाया श्रेष्ठ, गजिन्द्र पन्थ, श्रीप्रसाद भट्टराई, तेज बहादुर सुनारलाई चयन गरेको छ । प्रतिनिधि सभा क्षेत्र न २ मा चित्र बहादुर थापा, शंकर पोख्रेल, दुर्गा नेपाली , सानुमाया महतलाई चयन गरेको छ । तनहुँ क्षेत्र नं २ क प्रदेशमा रेखा थापा बस्याल, दुर्गा कुमार श्रेष्ठ , कमल गैह्र, थमन आले २ को ९ख० मा काजिमान श्रेष्ठ, भक्त रसाइली, भुपाल थापा, सुर्यप्रकास तिमिल्सिना, पुर्ण बहादुर थापा र मधुमाया ढकाललाई चयन गरेको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए । साथै बैठकले नवगठित जिल्ला अध्यक्ष श्रीराम कार्किको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।