तनहुँ ९ भदौ
तनहुँको बन्दिपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा सुलभ परियार रहेको प्रहरीले जनाएको छ । घरमा रहेको अवस्थामा चितुवाले आक्रमण गरी घरदेखि करिब ५० मीटर तल पुराएको अवस्थामा बालक भेटिएको हो । चितुवाले बालक लगेको थाहापाएपछि हल्लीखल्ली गरेपछि चितुवाले छाडेर भागेको अवस्थामा बालकलाई भेटिएको हो । घाइते बालकको डुम्रे स्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन रिफर गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।