तनहुँ ८ भदौ
ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको भवन र प्रयोगशाला निर्माणका लागि रु तीन करोड विनियोजन गरेको छ । व्यास नगर कार्यपालिकाले मंगलबार बसेको बैठकमा उक्त निर्णय गरेको हो । उक्त बजेट गण्डकी प्रदेश सरकारबाट विनियोजन गरेको सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिएका छन् । विसं २०२५ सालमा स्थापना भएको विद्यालयमा कुल नौ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।