तनहुँको व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले माघ १६  शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।साेमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हाे। त्यस्तै गरि सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।भोलि सार्वजनिक बिदामा सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवम् सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।