सुरेश सुनार तनहुँ
२०७८/१०/२०
राष्ट्रिय युवा संघ तनहुँ जिल्लाले तनहुँको दमौलीमा बिहिबार साझ राकेजुलुस प्रदशनि गरेको छ । दमौली नेकपा एमाले पार्टि कार्यालय बाट साझ ६ बजेदेखि सुरु गरेको राकेजुलुस मेन रोड सफासडकमा गएर सकिएको थियो । प्रहरीको ब्यापक हस्तक्षेपका कारणका बाबजुतपनी राके जुलुस निकाल्न सफल युवा संघ करिब एक सय जनाभन्दा बढीको समुहमा राकेजुलुस प्रदशनि गरेका थिए ।
संङले परमादेश सरकारका बिरुद्वमा विशाल राके जुलुश प्रदर्शन गरेको हो । अबिलम्ब स्थानिय निकायको निर्वाचनको मिति घोषणा, पेट्रोलियम पदार्थ लगायतमा भएको मुल्यबृद्दी फिर्ता, मन्त्री रेणु यादवको अपराधिक अभिब्यक्तीका कारण कार्वाहिको माग गर्दै मसाल जुलुस निकालेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि तनहुँका सयोजक मदन तिमल्सेनाले जानकारी दिए ।

उनले मन्त्रि भन्दै हिड्ने मन्त्रि किसानलाइ जफाबाफदिदै भने मन्त्री हुँ भन्दै हिड्ने किसानकोलागि साथ सपोट गर्ने एही युवा संगठन रहेको र हल युवाहरु मुल घरमानै रहेको बताउदै उनले मत्रिलाइ ध्यानकर्षण गरेका थिए । राष्ट्रिय युवा संघ तनहुँ  पुण रुपमा अघि बढेको हुनाले अन्य पाटी वा संघले कुनै फुर्ति नदेखाउना चेतावानि समेत दिएका थिए । यो सरकारलाई मापासे सरकाको आरोप लाउदै तिमिल्सिनाले भने यो सरकारको आँखा छ देख्दैन , हात छ चल्दैन , खुट्टा छ हिड्दैन तेसैले राष्ट्रिय युवा संघ तात्नुपरेको तिमिल्सिनाले बताए । हप्ताको तिनपटक मुल्य बृद्धिगर्ने सरकार जनताको लागि हानिकारक भएको उनले बताए ।

बारमबार ध्यानकर्षण गर्दापनी सरकारको ध्यानर्कषण नभएकोले दोश्रोपटक राष्ट्रिय युवा संघ तनहुँले राकेजुलुस गरेको र समए अनुकुल पुन सकृय भएर फेरी राकेजुलुस मात्र नभइ अन्य कदम चाल्नपरेपनि तयार रहेको राष्ट्रिय युवा संघ तनहुँका केन्द्रिय सदस्य उज्वाल खनालले बताए । शान्तिपुर्ण आन्दोलन गर्दापनी सरकारको ध्यानर्कार्षण नहुदा राष्ट्रिय युवा संघ जागेको उनले बताए । नेपाली काङ्ग्रसको सरकारहुदाँ पैलापनि सबैचभन्दा बढि मुल्यबृद्धि भएको र हाल सोहि अबस्था दोहोरिएकोमा युवा संघको आपति रहेको उनले बताए ।