तनहुँ उद्योग वाणिज्य संघको १७ औ महाधिवेशन आगामी शनिबार हुँदै छ । अध्यक्ष पदमा बैकुण्ठ मिश्र र बरिस्ठ उपाध्यक्षमा ईम कुमार मल्ल सर्वसम्मत निर्वचित भएका छन् । अन्य पदमा सर्वसम्मतको पहल थालिएको भएपनी अझै सहमति जुट्ना सकेको छैन ।
संघको १७ औ महाधिवेशन नजिकिदै गर्दा द्वितीय उपाध्यक्ष पदमा शकुन्तला आलेले उम्मेदवार दिनुभएको छ । उहाँको प्रतिस्पर्धीमा दिनेश कुमार श्रेष्ठ, शिवओम मल्ल रहेका छन् । शकुन्तला दुबै प्रतिस्पर्धी दरिला उमेद्धवार रहेको भएपनी महिला भएर पनि आफु दुई भन्दा कम नभएको भन्दै आफ्नो जित निश्चत रहेकाे बताउनुहुन्छ । अहिले सम्म तनहुँ उद्योग वाणिज्य संघमा महिलाले नेतृत्व नलिएकाले अब आफुले काम गरेर देखाउन चाहेको आले बताउनुभयो । उहाँले भन्नुभयो द्धितीय उपाध्यक्ष पद सर्वसम्मत महिलालाई दिनैपर्छ यदि नदिएको खण्डमा चुनाब मैदानमा उतृना समेत तयार रहेको छु । संघको कार्यकारी पद कुनैपनी महिलालाई जिम्मेवारी नदिएको हुनाले पनि महिलाको प्रतिनिधित्व गर्दै आफु आएको उहाँको भनाई छ ।
व्यास २ निवासी आले तनहुँ सौन्दर्य व्यावसायी संघ दमौलीको सस्थापक अध्यक्ष , वेद व्यास ज्येष्ठ नागारिक आश्रमको उपाध्यक्ष, तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको सभापति लगायत अन्य विभिन्न सं–सस्थामा रहेर सफलतापु्र्वक काम गरिसक्नुभएको छ । उहाँ समाजिक कार्यमा पनि निकै सकृय हुनुहुन्छ छ ।
