भदौ ३ तनहुँ
व्यासमा होडिङ वोर्ड राख्दापनि कर तिर्नुपर्ने भएको छ । विज्ञपनको लागि राखिने साईन बोड , होडिङ वोर्ड, लाईट वोर्ड भित्ते लेखन तथा सवरी साधानमा राखीने विज्ञापन वा प्रचार- प्रसारगरि गरिने ध्वानी विज्ञापनमा समेत पालिकालाई कर तिर्नुपर्ने भएको हो । होडिङ वोड टास्ता प्रतिवर्ग रु १ सय ५० का दरले पालिकालाई कर तिर्नुपर्ने पालिकाले बताएको छ ।
तेस्तै परिचय पार्टी वा साईन वोर्ड राख्दा प्रति वर्गफुट रु १ सय, बढीमा २ हप्तासम्म राख्न पाईने व्यानर वोर्डमा राख्दा प्रति दिन रु १ सय, बढीमा २ हप्ता राख्न पाईने रेडक्रस गेट निरुसहित गरिएको वा रेडक्रस व्यानरको प्रति दिन रु २ सय, एल.इ.डि भिडियो बार्ड प्रति बर्गफुट रु ८ सय , एल.इ.डि लाडट वोर्ड प्रति बर्गफुट रु ३५०, फ्लेक्समा प्रति वर्गफुट रु १ सय २०, पोल डिजिटल वोडको प्रति वर्ग रु ५० का दरले पालिकालाई कर तिरर्नुपर्ने भएको हो । तेस्तै निजि संरचनामा भिते लेखन गर्दा प्रति वर्गफुट रु २५ , सवारी साधनामा राखि गरिने ध्वनि विज्ञापनको प्रति घण्टा रु २ सय, सवारी साधनमा टाँसी गरीने विज्ञपन प्रती घण्टा रु १ सय र सर्वजनिक स्थानमा रखिएको सोलार बती जडान भएको यात्रु प्रतिक्ष्यालयमा रखिएको विज्ञापन सामाग्रीको प्रति वर्गफुट रु सय कर पालिकालाई बुजाउनुपर्ने ३७ औ नगरबाट पारित नीति तथा कार्यक्रम एंव बजेट कार्यक्रम ०७९ /०८० मा उल्लेख गरिएको छ ।
कुनै व्यावसायीले आफ्नो व्यवसायको परिचय जनाउने गरी व्यवसायको अगाडी राखिएको (ग र घ साना व्यवसासी ) ४ × ५ फिट र (क र ख ठुला व्यासायी ) ४ × १० फिटसम्मको परिचय पाटी वा साइन वोर्डमा विज्ञापन कर नलाग्ने र कुनै कम्पनीको विज्ञपन उल्लेख भएमा भने कर लाग्ने पालिकाले जनाएको छ । तर सो भन्दा ठुलो आकारको परिचय पार्टी वा साइन बोर्ड राख्नु परेमा नगरपालिकाबाट अनुमति लिई तोकिए बमोजिम कर तिर्नू पर्नेछ बताइएको छ । निजि सम्पति र संरचनामा समेत यसै बमोजिम विज्ञापन कर लाग्ने पालिकाले बताएको छ । यदि अनुमति नलिई विज्ञापन साम्राग्री राखिएमा लाग्ने रकममा २० प्रतिशत थप गरी असुली गर्ने नगरसभाबाट पारिद नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।