तनहुँ ३ भदौ

बिहीबार साँझ माछा मार्ने क्रममा करेन्ट लागेर पाल्पाका बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे स्थित बंगुर फार्ममा काम गर्दै आएका २२ बर्षीय चित्र बहादुर ब्याम्बो र निजका ९ महिनाको छोरा आदी ब्याम्बोको मृत्यु भएको हो । निजको १९ बर्षीय श्रीमति दिलमाया ब्याम्बो भने घाइते भएकी गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार भईरहेको प्रहारीले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–२ कोत्रे स्थितगुहेखोलामा बिद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा घाइते उनीहरुको उपचारको क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।