नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीकोे अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा गुरुडले अत्याधिक मतको अन्तरले बिजयी भएका हुन् । कूल मतदाता ६३ रहेकोमा गुरुडले ३९ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रत्यासी शरण सापकोटाले २४ मत पाएका थिए । गुरुङ शुक्लागण्डकी नगरपालिका १२ नं वडाका वडाध्यक्ष समेत हुन् । अध्यक्षमा विजयी गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्तिप्रसाद सिग्देल पक्ष र सापकोटालाई पुर्वमन्त्री तथा केन्द्रीय सदय आशा कोईराला पक्षको सर्मथन रहेको थियो । त्यस्तै, उपाध्यक्षमा राजु राना विजयी भएका छन् । आफ्ना प्रत्यासी तीन जनालाई पछि पार्दै राना बिजयी बन्न सफल भएका हुन् । उपाध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेकोमा रानाले ५४ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका अन्य प्रत्यासी रामचन्द्र भण्डारी र चेतनारायण पौडेलले समान ४७ मत र बुद्धिबहादुर खत्री राजनले २६ पाएका थिए । पहिलो चरणमा गत मंसिर ११ गते ६५ सदस्यको टुँगो लगाएको नगर कमिटीले झण्डै दुई महिनापछि पदाधिकारीको टुङ्गो लगाएको हो । नगर कमिटीको सचिवमा जीवन पोखरेल र सहसचिवमा सुमन आले,कोषाध्यक्षमा झ्यामकुमारी थापा सर्वसम्मत चयन भएका छन् ।