भदौ १ दमौली
व्यास नगरपालिकाले आजदेखि नागरिक साहयता कक्ष तथा टोल फ्री संचालन गरेको  छ । नगरका प्रमुख बैकुण्ठ न्यौपानेले नगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको बताएका छन् । नगरसँग कुनै गुनासो भए वा केही सोधपुछ गर्नु परेमा निःशुल्क टेलिफोन नं १६६०६५५२००६ मा सम्पर्क गर्न सकिनेछ । नगरको सेवा, नगरका  वडा, आयोजना तथा एकाईसँग सम्बन्धित सोधपुछ तथा गुनासा, नगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा नगरसँग भएका अपेक्षा सम्बन्धि गुनासा तथा सोधखोजका लागि संचालन गरिएको हो । गत साउन  २२ गते बसेको कार्यपालिका बैठकले आज देखि नागरिक साहयता कक्ष तथा टोल फ्री सञ्चालन गर्ने निर्णय गरेको थियो ।